काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरेका छन् । लामिछानेले आफूलाई बलात्कारको आरोप लगाउने युवतीले १९ वर्ष उमेर भएको बताएको दाबी गरेका हुन् ।
२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेको बेला लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका हुन् ।
म्याद थप अघि सन्दीपले आफू निर्दोष रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए । उनले आफ्नो गोपनीयता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचार पनि छ कि हुँदैन भनेर समेत प्रश्न गरेका थिए ।