Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अदालतद्धारा सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

लामिछानेलाई म्याद थपका लागि प्रहरी वृत्त गौशालाले आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो।

उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।  लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077