Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेलमा रहेका रेशम चौधरीले बर्दिया-२ बाट दर्ता गराए उम्मेदवारी

कैलाली । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

आइतबार वारेसनामामार्फत् उनले प्रतिनिधि सभामा उम्मेदवार दर्ता गराएका हुन्। उनको उम्मेदवारी जग्गुप्रसाद चौधरीले दर्ता गराए।

उनी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट कैलाली(१ बाट निर्वाचित भएका थिए । टीकापुर घटनाको मुद्दाका कारण चुनाव जितेर पनि संसद प्रवेश गर्न नपाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077