Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश शर्माले गरे झापा- १ बाट उम्मेदवारी दर्ता

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आइतवार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा पराजित भएका थिए । उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट अग्नि खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री शर्माले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी मनोनयन दर्ता गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077