नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं संविधान सभा सदस्य विक्रम खनाल रहेका छन् भने समर्थकमा
कांग्रेसको प्रतापुर गाउँपालिका सभापति उमेशचन्द यादव रहेका छन् । चौधरी सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन् ।