Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता शेखर कोइरालाद्वारा मोरङ-६ बाट उम्मेदवारी दर्ता

मोरङ । नेपाली कांग्रेस नेता शेखर कोइरालाले मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् ।

कोइरालाको अघिल्लो निर्वाचनमा जस्तै एमालेका लालबाबु पण्डितसँग प्रतिस्पर्धा हुँदैछ । पण्डित अघिल्लो निर्वाचनमा विजयी भएका थिए ।

गठबन्धनको तर्फबाट प्रदेश सभामा क्षेत्र नम्बर ६ को क मा माओवादी नेता जीवन आचार्य र क्षेत्र नम्बर ६ को ख मा कांग्रेस नेता केदार कार्कीले मनोनयन दर्ता गरेका छन् ।

एमालेबाट प्रतिनिधिसभा तर्फ लालबाबु पण्डित, प्रदेशसभा तर्फ ६ को क मा रिता न्यौपाने, ख मा पर्शुराम बस्नेतले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर ६ को ख मै एमालेसँग गठबन्धन गरेका जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र गुप्ताले पनि मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077