Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेलविरुद्ध काठमाडौं-५ मा ईश्वर पोखरेलले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेल यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी बनेका थिए ।

उनीसँग प्रतिष्पर्धाका लागि सत्ता गठबन्धनले नेपाली कांग्रेसका प्रदीप पौडेललाई टिकट दिएको छ । सोही क्षेत्रबाट रन्जु दर्शनालगायतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077