Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उम्मेदवारी दर्तापछि राजेन्द्र लिङ्देनले भने - एमालेसंग आंशिक र सानो सहकार्य गरेका हौं

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एकअर्काको आवश्यकताले नेकपा एमालेसँग आंशिक सहकार्य गरेको बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग बोल्दै लिङ्देनले यस्तो बताएका हुन् ।

राप्रपा र एमालेबीच आवश्यकताअनुसार आंशिक सहकार्य गरेको बताए ।

उनले भने, 'एक अर्काबीचको आवश्यकताको कुरा हो । अधिकांश मुख्य राजनीतिक दलहरू सबैले सहकार्य गरिरहेका छन् ।

राप्रपा र एमालेले आंशिक र सानो सहकार्य गरेका हौं । यो आवश्यकता हो ।'  लिङ्देनले एमालेसँग एकअर्काको आश्यकताले सहकार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077