रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालले रौतहट- १ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी मनोनयन दर्ता गर्न जुलुस, झन्डा केही पनि नलिइकन सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेका थिए ।
यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट अध्यक्ष नेपाललाई अजय गुप्ताले चुनौती दिने भएका छन् ।
नेपाल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । अर्कोतर्फ एमालेबाट रौतहटको गौर नगरपालिकाका निवर्तमान मेयर गुप्ताले टिकट पाएका छन् ।