काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
आज झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन्। लिङ्देनले आइतबार बिहान साढे ११ बजे साइत हेराएर उम्मेदवारी दर्ता गराएका थिए ।
प्रस्तावक माधव पोखरेल, समर्थक एमालेका लक्ष्मण पाठक बसेका छन्। यो क्षेत्रमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार हुनेछन्। अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए।
प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ। एमालेका निर्वाचन क्षेत्र १ मा बसन्त बानियाँ र २ मा छविलाल चुडाँलले उम्मेदवारी दर्ता गएका छन्। नेकपा एमालेले भने लिङ्देनलाई समर्थन गर्ने जनाएको छ।