Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं-२ मा माओवादीले दियो ओनसरी घर्तीलाई टिकट

काठमाडौं । नेकपा माओवादी केन्द्रले ओनसरी घर्ती मगरलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा आफ्नो भागमा परेको काठमाडौं क्षेत्र नम्बर २ मा घर्तीलाई उम्मेदवार बनाउने भएको हो।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले काठमाडौं २ र ९ लिएको थियो । घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्।

उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन्। २०७४ को निर्वाचनमा भने घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077