Online Nepal
  • बुधबार, २ माघ २०८१
  • वीरगञ्ज नाकाबाट इन्धन आयातमा कमी

    वीरगञ्ज नाकाबाट इन्धन आयातमा कमी

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 810
    SHARES

    फाइल फोटो

    पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी नाका वीरगञ्जबाट इन्धनको आगातमा कमी आएको छ ।

    वीरगञ्ज नाका प्रयोग गरी डिजेल , पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।



    गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब चार करोड ४३ लाख मूल्यको दुई लाख २७ हजार पाँच सय ३६ किलोलिटर इन्धन आयात भएको थियो ।

    चालु आवको सोही अवधिमा नौ अर्ब २० करोड ७३ लाखको एक लाख ९० हजार नौ किलोमिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

    गत आवको तुलनामा चालु आवको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको उनले बताए । खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको उनको भनाई छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार