Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन-३ मा डा. अधिकारी बने गठबन्धनको उम्मेदवार

चितवन । चितवन निर्वाचन क्षेत्र-३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

२०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको चितवन निर्वाचन क्षेत्र ३ मा अधिकारीलाई उम्मेदवार बन्ने भएका हुन् ।

भरतपुर अस्पतालको अध्यक्ष रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन-३ बाट उम्मेदवार बनाउने तयारी माओवादीको छ ।

डा. अधिकारीलाई प्रचण्डले फोन गरेर उम्मेदवारी दर्ताको तयारीका लागि कागजात जुटाउन भनिएको बताइएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ ।

प्रचण्डले चितवन-३ मा जोखिम मोल्न नचाहेर गोरखा-२ मा गएपछि माओवादीले अधिकारीलाई उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077