Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मानुषीले पाइन् काठमाडौं–७ बाट टिकट

    मानुषीले पाइन् काठमाडौं–७ बाट टिकट

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर–७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएको छ ।

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषीलाई माओवादीले काठमाडौं ७ बाट उम्मेदवार बनाएको हो । उनी नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् ।



    नेपाल समाजवादी पार्टीका नेताहरुले माओवादी केन्द्रको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भइसकेको छ ।



    मानुषीले आफूले टिकट लिइसकेको र उम्मेदवारी दर्ताको तयारीमा रहेको बताइन् । उनले यसअघि घरदैलो कार्यक्रमसहित चुनाव प्रचारप्रसार सुरु गरिसकेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार