अर्घाखाँची । अर्घाखाँचीबाट हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय भुसालले उम्मेदवारी घोषणा गरेका हुन् ।
भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष समेत हुन् । भुसाल चेम्बर अफ कमर्श, लायन्स क्लब अफ अर्घाखाँची सहितका सामाजिक संस्थाहरुमा सक्रिय छन् ।
भ्रष्टाचार र अनियमितताविरुद्ध आफू चुनावी मैदानमा होमिएको भुसालले बताएका छन् ।
Leave a Reply