Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख सापकोटाद्धारा चुनाव नलड्ने घोषणा (वक्तव्यसहित)

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा भाग नलिने बताएका हुन् ।

सापकोटाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा युवाहरूलाई मौका दिन आफु नलड्ने बताए ।

उनले भने, ‘सिन्धुपाल्चोक १ मा मेरो नाम सिफारिस पनि भएको थियो । गठबन्धन भएकोले जित्ने सम्भावना पनि थियो । तर युवालाई अगाडि बढाउनुपर्छ भनेर मैले यो निर्णय गरेको हुँ । म फरक भूमिकाबाट काम गर्नेछु ।'

लगातार ३ पटक चुनाव जित्ने अवसर पाएको र युवा पुस्तालाई अगाडि बढाउन आफूले यो कदम चालेको सापकोटाले बताए । उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाए ।

यसअघि उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077