Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाले गर्‍यो मनास्लु क्षेत्रबाट दुई इजरायली र ६ नेपालीको उद्धार

काठमाडौं । नेपाली सेनाले गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीलाई उद्धार गरेको छ ।

केही दिनदेखिको अबिरल वर्षाका कारण पहिरो आएपछि बिहीबारदेखि अलपत्र परेका उनीहरुको आज उद्धार गरिएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याइएको हो ।

उद्धार गरिएका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077