काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिने भएको छ ।
एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाउने भएको हो ।
प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेलधुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । प्रतिनिधि सभा तर्फ यहाँ पठान सिंह बोहरालाई उम्मेदवार बनाउने एमालेले सिफारिस गरेको थियो ।
केही दिनदेखि एमाले अध्यक्ष ओली र कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष मल्लबीच छलफल भएको थियो । एमालेले प्रतिनिधिसभाका लागि सिफारिस भएका पठनसिंह बोहरा प्रदेशसभा उम्मेदवार बनेपछि देउवाविरुद्ध मल्ल उम्मेदवार बन्ने निश्चित भएको छ ।
Leave a Reply