Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो कांग्रेससँग छलफल

    गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो कांग्रेससँग छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 687
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा सहभागी हुन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कांग्रेससँग छलफल थालेको छ ।

    जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो ।



    आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।



    उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । नेताहरु बालुवाटारबाट छलफल गरेर फर्केपछि अहिले लोसपाको केन्द्रीय कार्यालयमा शीर्ष नेताको बैठक बसिरहेको छ ।

    कुन प्रदेशमा कति सीट लिने विषयमा छलफल गरी टुग्यांइसकेपछि पुनः काँग्रेससँग छलफल हुने बताइएको छ ।

    यसअघि एमालेसँग चुनावी तालमेल गर्ने भनि लोसपाले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । तर सीट बाँडफाँटमा कुरा नमिलेपछि एमालेसँग चुनावी गठबन्धन नगर्ने निर्णयमा लोसपा पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार