Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हिरासतमा रहेका सन्दीपसँग क्यानका अध्यक्ष चन्दको भेट

काठमाडौं । सन्दीप लामिछानेलाई क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले भेटेका छन् । शुक्रवार बिहान प्रहरी वृत्त गौशालास्थित हिरासतमा गएर क्यानका अध्यक्ष चन्दले उनीसँग भेट गरेका हुन् ।

नाबालिका बलात्कारको आरोप लागेका लामिछाने बिहीबार मात्र स्वदेश फर्किएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।

त्यसको भोलिपल्ट चन्द सन्दीपलाई भेट्न पुगेका हुन् ।  करिव ५ मिनेट भएको कुराकानीका क्रममा सन्दीपले आफू निर्दोष भएको दोहो¥याएका छन् ।

लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077