Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • चुनावी तालमेलका लागि सत्ता गठबन्धनको बैठकमा लोसपा भित्रियो

    चुनावी तालमेलका लागि सत्ता गठबन्धनको बैठकमा लोसपा भित्रियो

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 939
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका हुन् ।

    विहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु आएका थिएनन् ।



    कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनसँग चुनावी तालमेलका लागि लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी, नेता अनिल झा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् ।



    सिट बाँडफाँट टुंग्याउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुबीच विहान ९ बजेदेखि बालुवाटारमा बैठक जारी छ । बैठककै बीचमा लोसपा नेता बालुवाटार प्रवेश गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार