Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा बस दुर्घटना : उपचारका क्रममा थप दुईजनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

बारा । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा गम्भीर घाइतेमध्ये थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा बिहीबार राती मृत्यु हुनेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका ६ लखनपुरका ५५ वर्षीय गया राउत कम्कर र वीरगन्ज महानगरपालिका १६ नगवाकी ६० वर्षीय मालतदेवी चौरसिया रहेका छन् । कम्करको हेटौडा अस्पताल र चौरसियाको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको बाराका प्रहरीले जनाएको छ ।

यसअघि दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका २२ का २८ वर्षीय सुरेश विक, कलैया उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय लिलाराज चौधरी, कलैया उपमहानगरपालिका १० का २६ वर्षीय ईताजत अंसारी, सोही ठाउँकी ३६ वर्षीया नाजलिन खातुन, चितवन खैरहनी नगरपालिका ५ बुडौलीकी ६३ वर्षीया नन्दकुमारी पुडासैनी,

चितवन कालिका नगरपालिका रमाईलो चोक बस्ने शंकर कडेलको १५ वर्षीय छोरा सफल कडेंल, वीरगन्ज महानगरपालिका १६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया, सोही ठाँउकी ३६ वर्षीया मुन्नीदेवी चौरासिया, हेटौडा उपमहानगरपालिका ७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाँउकी २० वर्षीया सोस्तीका श्रेष्ठ, ओखलढुंगाका लालबहादुर बोगटी,

चितवन खैरहनी नगरपालिका ५ का २५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाका ३५ वर्षीया अम्बिका कंडेल, जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोषकुमार राय, बारा करैयामाई गाँउपालिका घर भई भरतपुर नगरपालिका १२ बस्ने १६ वर्षीया प्रितिका चौधरी, बारा सुवर्ण गाँउपालिका ७ का ५५ वर्षीय रामआश्रय राय यादव रहेका छन् ।

थप दुई घाईतेको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको र मृतकको शव परिवारले अस्पतालबाट बुझेर लगेको छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077