काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले संस्थापन पक्षले आफूहरुलाई सम्मानजनक सिट सिट दिनुपर्ने निष्कर्ष निकालेको छ ।
शीर्ष नेताको उपस्थितिबिना बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।
आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने बताएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठुलो सङ्कटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ ।
संस्थापन पक्ष गम्भीर बनेर पार्टीभित्र विद्रोह गर्न नदिने अवस्था सिर्जना गर्नुपर्ने उनीहरुले बताएका छन् । यसअघिको महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वले आफूहरुमाथि भेदभाव गरेको उनीहरुको आरोप छ ।
Leave a Reply