Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरोजकृष्ण घिमिरेले भने - सन्दीपविरुद्ध सिंगै राज्यसत्ता नियोजित रुपमा लाग्यो, भेट्न समेत दिएन

काठमाठौं । सन्दीप लामिछानेको आफ्नो वकिललाई भेटेर आत्मसमर्पण गर्ने माग प्रहरीले अस्वीकार गरेको छ ।

बिहीबार पत्रकारहरुसँग सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले आफ्नो उपस्थितिमा आत्मसमर्पण गर्न सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको बताएका हुन् ।

उनले प्रहरीसंग वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेको भएपनी प्रहरीले उनको यो मागलाइ अस्वीकार गरेको हो ।

त्यसपछि अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए तर भेट्न खोज्दा निवेदन दिनुपर्छ भनेपछि प्रहरीले गोपनियता कायम नगरेको घिमिरेले आरोप लगाएका छन ।

घिमिरेले सिंगै राज्यसत्ता उनकोविरुद्ध नियोजित रुपमा लागेको आशंका व्यक्त गरे । कानून व्यवसायीले भेट्न पाउने अधिकार समेत खोसिएको र त्यसपछि सिधै स्वास्थ्य परीक्षणका लागि केएमसी अस्पतालमा लगिएको उनले बताए ।

अधिवक्ता घिमिरे राज्य नै आफूविरुद्ध लाग्दा सन्दीप मानसिक तनावमा रहेको समेत बताए । यसअघि सन्दीपले पनि आफू मानसिक तनावमा रहेको बताएका थिए ।

बिहीबार कतार एअरवेजको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेलगतै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

उनी विरुद्ध भदौको तेस्रो साता एक नाबालिग किशोरीले करणी गरेको उजुरी दर्ता गराएकी थिइन् । भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077