Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

हालसम्म १४ जनाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, १ जना चुरेहिल अस्पताल तथा एक जनाको मकवानपुर सहकारी अस्पतालमा ज्यान गएको हो ।

घाइतेहरु मध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको छ । बस अनियन्त्रीत भएर सडकबाट करिब सय मिटर तल खसेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077