Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगियो

काठमाडौं । सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ । सन्दीपको मेडिकल परीक्षणका लागि केएमसी अस्पतालमा लगिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो ।  लामिछाने आज कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको जहाजबाट नेपाल आएका थिए ।

सन्दीपलाई अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइने प्रहरीले जनाएको छ ।

उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिगमाथि बलात्कारको जाहेरी परेको थियो। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ । लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077