Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौं । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हो ।

खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो।​ उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिदैछ ।

उनी भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए। त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न जमैका गएका थिए।

उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।

लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेको छ ।  काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको दाबी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077