Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ।

पुनर्वास नगरपालिकाको अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

राति करिब ११ बजे भएको दुर्घटनामा चालक पुनर्वास नगरपालिका १० का २२ वर्षीय विशाल राना र पछाडि सवार धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय महेश रानाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

पोलमा ठोक्किएर गम्भीर घाइते भएका दुवैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077