काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक बैठक सुरु भएको हो ।
गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन्।
एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। यद्यपि उसले २० सिट भए पनि चाहिने भनिरहेको स्रोतले जनाएको छ ।
जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी पनि दिइरहेको छ।
Leave a Reply