एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ ।
गएराति भएको समूह चरणको खेलमा सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराउँदै सहज जित दर्ता गरेको हो।
सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे। रियाद महरेज र जुलियन अल्भारेजले एकरएक गोल गरे।
एक गोल भने सिटीले आत्मघाती उपहार पाएको थियो।
जितसँगै सिटी अन्तिम १६ को निक समेत पुगेको छ। उसले ३ खेलमा ९ अंक जोडेको छ । १ अंक जोडेको कोपनहेगन पुछारमा छ।
Leave a Reply