Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनमा आज पनि जुटेन सहमति, भोलि बिहान ९ बजे फेरि बस्ने

    सत्ता गठबन्धनमा आज पनि जुटेन सहमति, भोलि बिहान ९ बजे फेरि बस्ने

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 858
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन बसेको आजको बैठक पनि विना निष्कर्ष टुंगिएको छ ।  सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक बिना कुनै सहमति टुंगिएको हो ।

    दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको छलफलमा जुटेका थिए । आज नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो ।



    कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो ।



    कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने उल्लेख छ ।

    तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ । सहमति नजुटेपछि भोलि (विहीबार) बिहान ९ बजे फेरि बस्ने गरी बैठक सकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार