काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाएकी छन्।
बुधबार गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी हुन्।
राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वहरुलाई पनि टीका प्रसाद प्रदान गरेकी थिइन्।
राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका थिए ।
Leave a Reply