Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उत्तर कोरियाको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले गर्‍यो क्षेप्यास्त्र प्रहार

    उत्तर कोरियाको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले गर्‍यो क्षेप्यास्त्र प्रहार

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । उत्तर कोरियाको ‘खतरनाक एवं लापरवाह’ परीक्षणको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

    उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको हो ।



    मंगलबार मात्र उत्तर कोरियाले जापानी आकाशमाथिबाट परिक्षण गरेको इन्टरमिडियट रेन्ज ब्यालेस्टिक मिसाइल ९आईआरबीएम० यसअघिका मिसाइलको तुलनामा धेरै शक्तिशाली भएको अमेरिकाले बताएको छ ।



    उक्त मिसाइल उत्तर कोरियाको पेनिन्सुला र जापानी भूभागको बीचमा अवस्थित समुद्रमा खसालिएको थियो ।प्योङयाङले सन् २०१७ यता पहिलोपटक जापानको आकाश हुँदै प्रशान्त महासागरमा मंगलबार ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

    जवाफमा अमेरिका, जापान र दक्षिण कोरियाले शक्ति प्रदर्शन गर्दै सैन्य अभ्यास गर्दै आएका छन्। बुधबार दक्षिण कोरिया र अमेरिकाले अमेरिकी सेनाले बनाएको रणनीतिक क्षेप्यास्त्र प्रणालीको एक जोडी क्षेप्यास्त्र प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार