Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 804
    SHARES

    काठमाडौं । सिट बाँडफाँड टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

    सिट बाँडफाँडका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिमरूप लिने नेताहरूले बताएका छन् । सिट बाँडफाँटको टुंगो लगाउन भन्दै गएराति अबेरसम्म बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको थियो ।



    प्रतिनिधिसभामा जसपालाई १२ सिट जति दिने गरी कुरा मिलाउने गठबन्धनको तयारी रहे पनि जसपा अध्यक्ष यादवले मधेस प्रदेशमा मात्रै प्रतिनिधिसभा तर्फका १५ सिट आफूहरुलाई दिनुपर्ने अडान राखेका छन्।



    जसपासहित अन्य दलमा पनि सिट बाँडफाँटमा असन्तुष्टि रहेकोले गएरातिको बैठकमा कुरा मिल्न सकेको थिएन् । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेकाले आज भोलिभित्र जसरी पनि सिट बाँडफाँट टुंगो लगाउनुपर्ने दबाब गठबन्धनलाई छ।

    सिट बाँडफाँटको टुंगो लागिसकेपछि गठबन्धनका दलहरुले आफ्नो भागमा परेका सिटको टिकट वितरण सुरु गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार