Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बडादसैंको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने – निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध छ

    बडादसैंको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने – निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध छ

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 942
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    बडादसैं २०७९ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने बताएका हुन् ।



    उनले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।



    आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उनको भनाइ छ। प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरे।

    उनले नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे।

    प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार