Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 705
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

    बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ ।



    प्रतिनिधिसभातर्फको सिट बाँडफाँड अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिमरूप पाउने कार्यदल स्रोतले जनाएको छ ।



    आजको शीर्ष नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको जनाइएको छ। यस सम्बन्धमा छलफल गर्न सोमबार पनि रातिसम्म पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतृत्वको बैठक बसेको थियो।

    बैठकलाई निष्कर्षमा पुर्‍याउन आज बिहान दलहरुका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको जनाइएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेद्वारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

    बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको सहभागिता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार