Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

चितवन । मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिका नगरपालिका-८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो ।

अष्टमी (सोमबार)को साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मासु अड्किएपछि उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याइएको थियो । क्षेत्रीको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077