Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल

    राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 729
    SHARES

    म्याग्दी । बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाखको बोलकबोल भएको छ।

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो।



    बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने भएका हुन्। उनले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसकेका छन्।



    भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ। यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ।

    नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार