Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे अझै जुटेन सहमति, मंगलबार बिहान ८ बजे फेरि बैठक बस्ने

    सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे अझै जुटेन सहमति, मंगलबार बिहान ८ बजे फेरि बैठक बस्ने

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 882
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो।



    सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए।



    यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन्। आजको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो।

    कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार