काठमाडौँ । लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दसैँ, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ ।
प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलापहरूलाई मध्यनजर गर्दै १९५० वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको छ ।
सुरक्षाको दौरानका ९ सय २७ वटा सञ्चार उपकरण , ठूला र साना हतियार २८ सय ७२ र तिनमा प्रयोग हुने गोली झन्डै २५ हजार परिचालन गरिएको छ भने ४ हजार ७३ वटा लाठी पनि प्रहरीले प्रयोग गर्ने गरी दसैँ तिहार सुरक्षा रणनीति बनाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भिडभाड, बसपार्क, सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने जस्ता काम नहोस् भन्नका प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउनका लागि १ सय १२ जना सादा पोसाकका प्रहरीहरू पनि तैनाथ गरिएको छ ।
यात्रुहरू सहजताका लागि सहजीकरण गर्न प्रदेशभरि ४३ वटा यात्रु सहायता कक्ष स्थापना भई सेवा दिइरहेको कार्यालयले जानकारी दिएको छ ।
Leave a Reply