Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बैतडीमा अटोरिक्सा दुर्घटना हुँदा ७ जना घाइते

    बैतडीमा अटोरिक्सा दुर्घटना हुँदा ७ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 690
    SHARES

    बैतडी । बैतडीमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-४ बसाली नजिक अटोरिक्सा दुर्घटना भएको हो ।

    घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल रहेका छन् ।



    उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीले जनाएको छ । महाअष्टमीमा यात्रु सोमवार देहिमाडौंस्थित निङ्लासैनी भगवति मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए ।



    तीव्र गतिका अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ । अटोरिक्सा सडकबाट ५०० मिटर तल खसेको थियो । गोकुलेश्वरबाट देहिमाडौंतर्फ गइरहेको अटोरिक्सा दुर्घटना भएको हो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार