Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • हनुमान ढोका दसैंघरमा भित्र्याइयो फूलपाती

    हनुमान ढोका दसैंघरमा भित्र्याइयो फूलपाती

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । हनुमान ढोकास्थित दसैं घरमा फूलपाती भित्र्याइएको छ ।

    आइतवार नेपालीहरूको महान चाड बडादशैंअन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको हो ।



    गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित आइतवार साँझ दसैं घरमा भित्र्याइएको हो ।



    गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।

    फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार