काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । उनीहरूले आइतबार परिवारको उपस्थितिमा विवाह गरेका हुन् ।
खत्रीले विवाहपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै खुसी व्यक्त गरेका छन् ।
दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन् । कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
Leave a Reply