अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ ।
दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीकाे घटनास्थलमै ज्यान गएकाे हाे ।
विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली र स्थानियले पानी मुनि हिलाेमा गडेकाे अवस्थामा उद्धार गरेका थिए ।
पानी मुनीबाट उद्धार गरिएका नेपालीकाे घटनास्थलमै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक हाेमनाथ रेग्मीले बताए ।
नेपालीकाे परिवारमा आमा, श्रीमती र दुई छाेरी छन् । श्रीमती भने राेजगारीकाे क्रममा भारतमा रहेकी छन् ।
Leave a Reply