Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • गोरखा दरबारको फूलपाती गाडीमा राखेर हनुमानढोका दशैँघरमा पठाइयो

    गोरखा दरबारको फूलपाती गाडीमा राखेर हनुमानढोका दशैँघरमा पठाइयो

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 885
    SHARES

    गाेरखा । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडाैंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

    विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडाैं पठाएका हुन् ।



    गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।



    तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडाैंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडाैंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

    गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार