काठमाडौं । चाडपर्वको समयमा किनमेल गर्ने मानिसको भीडभाड बढेका कारण काठमाडौंको न्युरोड क्षेत्रमा गरिएको सवारीसाधनको ड्राइभर्सन खुला गरिएको छ ।
मानिसको भीडभाडका कारण न्युरोड गेट, कमलाक्षी, भोटाहिटी र इन्द्रचोकबाट सवारीसाधन न्युरोड क्षेत्र प्रवेशमा रोक लगाइएको थियो ।
न्युरोड क्षेत्रमा भीडभाड कम भएपछि सवारी ड्राइभर्सन हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उक्त स्थानमा जाने मानिसको सुविधालाई मध्यनजर गरी खुलामञ्चमा तोकिएको पार्किङ समेत हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
Leave a Reply