Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • दशैंको सातौं दिन : दसैँघरमा फूलपाती भित्राइँदै, साइत आवश्यक नपर्ने

    दशैंको सातौं दिन : दसैँघरमा फूलपाती भित्राइँदै, साइत आवश्यक नपर्ने

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 900
    SHARES

    काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ ।

    प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइन्छ ।



    आज बडा दसैंको सातौँ पनि दिन हो। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,



    अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार