Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनले भने - दशैं अवधिभर डेंगु बिरामीका लागि निःशुल्क एम्बुलेन्स व्यवस्था मिलाइएको छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार महानगरअन्तरगत नजिकको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सकिने छ।

२४ घण्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ भने ११८० मा फोन गरेर डेंगुको बारेमा पनि जानकारी लिन सकिने साहको भनाइ छ ।

१०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न पनि सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077