Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति सरिक हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएकी छन्। उनी नेपाली सेनाको परमाधिपति हुन्।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ। सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ। परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिने छ।

कोभिड–१९ को सङ्क्रमणका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले साङ्केतिक रूपमा मात्र आयोजना गरिएको थियो।

फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिको छ। सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नरनारीको पनि बाक्लो उपस्थिति हुने गर्छ।

बडादशैंको सप्तमी अर्थात् फूलपातिका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासरुपमा फूलपाति बढाइँ गर्ने पहिले देखिनकै चलन हो। गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दशैं घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ। नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो। टुँडिखेलको बढाइँ सकिएपछि आवश्यकमात्रामा जनशक्ति राखेर अरुलाई दशैं बिदामा जान अनुमति दिने सेनामा चलन छ। सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077