Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक सूची सच्याउन देउवालाई आज साँझ पाँच बजेसम्म पर्खन्छौं : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेस नेता गुरुराज घिमिरेले आज साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपाकि सूची सच्याउने समय दिइएको बताएका छन् । घिमिरेले ट्वीट गर्दै सुचि सच्याउने समय आज ५ बजेसम्म भएकाले बताएका हुन् ।

समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणमा समान न्याय तथा ४० प्रतिशत भाग पाउनुपर्ने माग गरेर संघर्षमा उत्रिएको शेखर कोइराला तथा गगन थापा नेतृत्वको समूहले आज साँझसम्म पर्खिने भएको छ ।

संघर्षको नेतृत्व गरिरहेका नेता घिमिरेले आज साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपाकि सूची सच्याउने समय दिइएको बताए । समन्याय नभएमा देशब्यापी विद्रोह गर्ने चेतावनी सो समूहले दिइसकेको छ ।

घिमिरेले ट्वीट गर्दै भनेका छन्, 'नेपाली कांग्रेसका लागि सुचि सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सुचिको प्रतिक्षामा रहेको जानकारी गराउँदछु।जय नेपाल ’

निर्वाचन आयोगमा आइतवारसम्म समानुपातिकतर्फको बन्द सूची अन्तिम हुनेछ । प्रधानमन्त्री शेरवहादुुर देउवलो समानुपातिकको बन्दसूची सच्याउने भने पनि अहिलेसम्म टुंगो लागेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077